‘संसद पुनःस्थापना कुनै हालतमा सम्भव छैन’ : प्रधानमन्त्री ओली

‘संसद पुनःस्थापना कुनै हालतमा सम्भव छैन’ : प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताएका छन् । राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले संविधानको व्यवस्था अनुसार राष्ट्रपतिबाट प्रतिनिधिसभा विघट्न भएको स्पष्ट पार्दै यो राजनीतिक प्रश्न भएको बताए ।

उनले नेपालको संविधानको धारा ७६ (७) ले प्रतिनिधिसभा विघटन हुने व्यवस्था गरेको स्पष्ट पार्दै संविधानले तोके बमोजिमले जाँदा अस्थिरता नहुने बताए । साथै उनले बाह्य शक्तिको गोटी बनेर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेपछि संसद् विघटन गरिएको प्रष्टिकरण दिए ।

यो आवश्यकताको सिद्धान्त अनुसार गरिएको उल्लेख गर्दै उनले लोकतन्त्रमा प्रधानमन्त्रीले गरेको कुनै पनि सिफारिस राष्ट्रपतिले सदर गर्नुपर्ने संवैधानिक व्यवस्थाका बारेमा अवगत गराउँदै त्यसमा न्यायसङ्गत भए नभएको जिम्मेवारी स्वयं प्रधानमन्त्रीले लिनुपर्ने उल्लेख गरे ।

भारत र चीनबाट भएका पछिल्ला केही नेपाल भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले नेपालको भलो चिताउनेहरु मुलुकमा आउँछन्, कुरा गर्छन् र जाने बताए । सोही अवसरमा उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १४ जनवरीमा भारत भ्रमण गर्ने जानकारी गराए। उक्त भ्रमणमा द्विपक्षीय हित, नेपालको नयाँ नक्सा लगायत विषयमा छलफल हुने उनले बताए ।

Skip This
Skip This
Logo