बावुरामको प्रश्न छोराछोरीको जीवन प्रमुख कि परिक्षा सत्ताधारी कमरेड

बावुरामको प्रश्न छोराछोरीको जीवन प्रमुख कि परिक्षा सत्ताधारी कमरेड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बावुराम भट्टराईले छोराछोरीको जीवन प्रमुख कि परिक्षा भन्दै सरकारसँग प्रश्न गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल ट्वीटर प्रयोग गर्दै त्यस्तो प्रश्न गरेका हुन् ।

‘कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन र हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो ?– उनले ट्वीटरमा लेखेका छन् –‘छोराछोरीको जीवन प्रमुख कि परीक्षा ?  परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ? सत्ताधारी कमरेडहरूको ध्यान जाला ? ।’

Logo