काँग्रेस संसदीय दलद्वारा शेर्माको निधनप्रति दुःख व्यक्त

काँग्रेस संसदीय दलद्वारा शेर्माको निधनप्रति दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेस संसदीय दलले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्। संविधानसभा सदस्य एवं काँग्रेसका अग्रज नेता शेर्माको बुधबार उपचारको क्रममा ललितपुरस्थित निदान अस्पतालमा निधन भएको थियो ।

विसं २००० मा पाँचथरको मिक्लाजुङ–२ सराङडाँडामा जन्मिएका शेर्मा दुई कार्यकाल काँग्रेसको केन्द्रीय सदस्य र दुई कार्यकाल काँग्रेस पाँचथरको जिल्ला सभापति भएका थिए । वि.सं. २०४८ मा काँग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेता शेर्माले २०६४ को संविधानसभा सदस्यमा निर्वाचित भएपछि स्थानीय विकासमन्त्रीको जिम्मेवारीसमेत बहन गरेका थिए।

काँग्रेस केन्द्रीय कार्यालयको सचिवमा दुलाल

नेपाली काँग्रेसले केन्द्रीय कार्यालयको सचिवमा कृष्णप्रसाद दुलाल (मोरङ) लाई समायोजन गरेको छ । तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठिक संरचना र केन्द्रीय कार्यालयसमेतको समायोजनका लागि भएको सहमति अनुसार दुलाललाई सचिव पदमा समायोजन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

Logo