‘राष्ट्रपतिलाई गुटमा सीमित गरिएको छ’-डा. लोहनी

‘राष्ट्रपतिलाई गुटमा सीमित गरिएको छ’-डा. लोहनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राप्रपा र राप्रपा संयुक्तको पार्टी एकता कार्यक्रमलाई आज संबोधन गर्दै राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रप्रमुखमाथि आक्रमण गरेका छन् । उनले भने – ‘गणतन्त्र स्थापनापछि बनेको राष्ट्रपतिलाई पार्टीको होइन, गुटमा सीमित गरिएको छ ।’

राप्रपा संयुक्तका अध्यक्ष डा. लोहनीले एकता कार्यक्रमलाई संबोधन गर्ने क्रममा सरकारका गल्तीहरुको एक–एक गरि फेहरिस्त पनि लगाएका थिए । उनले खासगरी सरकारको आर्थिक अनियमितताको पाटोलाई जोडतोडका साथ उठाएका थिए । साथै उनले संबोधनक्रममा विपक्षी दल नेपाली कांग्रेसलाई समेत छोडेनन् । उनले विपक्षीलाई ‘भलादमी’को संज्ञा दिएका थिए ।

एकता कार्यक्रममा डा. लोहनीले पार्टीलाई अघि लान नयाँ सोच बोकेर अघि बढ्नु पर्ने बताउँदै यसो गरे मात्र यो राज्य सबैका लागि हुने बताए । यसक्रममा उनले राप्रपाका पुराना दिवंगत नेताहरुलाई सम्झेका थिए । उनले पनि गीता छोएर कसम खाएका थिए ।

Logo