नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले कोरोनाबाट बच्न सरकारले पर्याप्त तयारी नगरेको भन्दै आलोचना गरेका छन्।
सांसद विश्वकर्माले कोरोना भाइरसले विश्व अर्थतन्त्र अस्तव्यस्त हुन लागेको बताए- ‘विश्वभर पुगिसकेको कोरोनाका कारण नेपालमा पनि रेमिट्यान्स आउने कुरा प्रभावित हुन्छ । कोरोनाले नेपालको अर्थतन्त्रमा पनि ठूलो क्षति पुग्दैछ। निजी क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ। यस्तो बेला निजी क्षेत्रलाई सरकारले सहयोग गर्नु आवश्यक छ।’
उनले कोरोनाबाट बच्न सरकारो तयारी अपुग भएको भन्दै आलोचना गरे। उनले संसद भवनमै कोरोनाबाट जोगिन हात धुने व्यवस्था नभएको भन्दै कटाक्ष गरे। ‘संसद भवनमै साबुन-पानी छैन गाउँको हालत के होला ? गाउँमा कोरोना फैलिए सरकारले कसरी जोगाउला नागरिकलाई?’





























प्रतिक्रिया