काठमाडौं ।
नेपाली सेना भित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आपत्ति जनाउँदा संघीय संसद प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठक स्थगित भएको छ ।
बैठकमा सांसदहरुले सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थिति भएको भन्दै आपत्ति जनाएपछि समिति सभापति शशी श्रेष्ठले बैठक स्थगित गरेकी हुन् । उनले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्री समक्ष पु¥र्यादिन रक्षा सचिव रेश्मीराज पाण्डेलाई निर्देशन समेत दिइन् । उनले भनिन् ‘माननीयहरुले उठाउनु भएको विषयहरुको सन्देशसहित अर्को बैठकमा उपस्थित हुने गरेर आजको यो बैठक स्थगित गर्दछु ।’
बैठकमा सांसद अमरेशकुमार सिंहले सेना भित्रको भ्रष्टाचार सम्बन्धमा बोलाइएको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएको भन्दै समितिको मर्यादामाथि प्रहार भएको बताए । उनले नेपाली सेनाको तर्फबाट समेत प्रधानसेनापति नै जवाफदेहि हुने भएकाले अन्य प्रतिनिधिको जवाफ आफूले नसुन्ने बताए ।
सांसद झपटबहादुर रावलले विभागिय मन्त्री र सेनाको प्रमुख बिना भ्रष्टाचार जस्तो गम्भिर विषयमा छलफल अगाडि बढ्न नसक्ने बताए । उनले संसदको गरिमा र महत्वलाई बेवास्ता गरेको र बैठकमा बोलेका कुरा सुन्ने व्यक्ति नै नभएको अवस्थामा छलफल स्थागित गर्नुपर्ने बताए ।
सांसद डिला संग्रौलाले नेपाली सेना भित्र अझैपनि आर्थिक र नीतिगत भ्रष्टाचार हुनेवाला छ भन्ने विषय आएकाले यसमा सम्बन्धित मन्त्रालय र नेपाली सेनाले स्पस्ट पार्नुपर्ने बताइन् ।
सांसदहरुले अख्तियारले हेर्न मिल्दैन भन्दै सेनाभित्र ठूलाठूला अनियमितताहरु हुने गरेको बताए । नेपाली सेनाभित्र भ्रष्टाचार भएको दाबी गर्दै सांसद रेनुका गुरुङले उजुरी गरेपछि समितिले कार्यदल बनाई आठ महिना लगाएर अध्ययन गरेको थियो । नेपाली सेनाभित्र आर्थिक भ्रष्टाचार, अनियमितता र नीतिगत भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ । सोही प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको बैठकमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि बैठक स्थागित भएको हो । हेरौं यो भिडियोमा































प्रतिक्रिया