केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका छन् । आज नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले विभिन्न विभागमा मनाेनित गरेका हुन् । "/>

काँग्रेस सभापतिद्वारा ७ जनालाई विभागीय जिम्मेवारी

काँग्रेस सभापतिद्वारा ७ जनालाई विभागीय जिम्मेवारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ जनालाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका छन् । आज नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले विभिन्न विभागमा मनाेनित गरेका हुन् । 

नेपाली काँग्रेसका अनुसार  एन.पी. साउँदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेत वन, वातावरण तथा विपत व्यवस्थापन विभागकाे जिम्मेवारी दिइएकाे छ ।

त्यस्तै ईश्वरी न्यौपानेलाई महिला विभाग, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकूद विभाग, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाल शिक्षा विभागकाे जिम्मेवारीमा मनाेनित गरिएकाे हाे ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरिएकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Logo