नेकपाको सचिवालय बैठक आज बस्दै

नेकपाको सचिवालय बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा नेकपाभित्रको पछिल्लो विवादमा छलफल केन्द्रित रहनेछ ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय सम्बन्धी विवाद टुंग्याउन विभिन्‍न तहमा यस अघि भएका पटकपटकका वार्ताबाट हालसम्म कुनै निकास निस्किएको छैन ।

सचिवालयका अधिकांश सदस्यहरू पार्टीको निर्णय लागू हुनुपर्ने पक्षमा देखिएका छन् तर प्रधानमन्‍त्री एवं पार्टी अध्यक्ष केपी ओली यसलाई कार्यान्वयन गर्न अझै तयार भएका छैनन् । ओलीले अर्थमन्‍त्री युवराज खतिवडालाई निरन्तरता दिने संकेत दिएपछि नेकपामा विवाद चुलिएको छ ।

Logo