काठमाडौं । नेपाली कांग्रेसका १३ जना केन्द्रीय सदस्याहरूलाई विभिन्न विभागीय जिम्मेवारी दिइएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३ जनालाई फरक फरक विभागको संयोजकमा मनोनयन गरेका हुन् । जस अनुसार गोपालमान श्रेष्ठलाई संगठन विभागको प्रमुख, संघिय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखमा रमेश रिजाल, फरमुल्लाह मन्सुरलाई मुस्लिम विभागको जिम्मेवारी दिइएको छ ।
त्यस्तै स्थानीय तह समन्वय विभागको जिम्मेवारीमा अर्जुनप्रसाद जोशी, वित्तीय तथा सहकारीको प्रमुखमा आनन्दप्रसाद ढुङ्गाना मनोनित गरिएको छ । त्यस्तै आदिवासी तथा जनजाति विभागको जिम्मेवारी सिता गुरुङलाई दिइएको छ भने सूचना, सञ्चार तथा प्रचार विभागको जिम्मेवारी प्रवक्ता समेत रहेको विश्वप्रकाश शर्मालाई दिइएको छ ।
त्यस्तै चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभागकाे प्रमुखमा मनोनित गरिएकाे छ । श्रमिक तथा ट्रेड युनियनयकाे प्रमुखमा शिवप्रसाद हुमागाइँ, तराई मधेस समन्वय विभागकाे प्रमुखमा अजयकुमार चाैरसिया, यातायात व्यवशायी समन्वय विभागकाे प्रमुखमा महेन्द्र यादव, शंकर भण्डारीलाई तरुणकाे प्रमख तथा नेपाली जनसमपर्क समितिकाे प्रमुखमा गोविन्द भट्टराईलाई मनाेनित गरिएका छन् ।
त्यस्तै ५ जना नेताहरूलाई आमन्त्रित केन्द्रिय सदस्यको जिम्मेवारी दिइएको छ । आमन्त्रित सदस्यमा मनोनित हुनेमा दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमार बस्नेत, झापा कै सुधिरकुमार शिवाकोटी, धनकुटाका मनोहरनारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्ले रहेका छन् ।






























प्रतिक्रिया