नेकपा साेलुमा ४५ सदस्यीय सचिवालय गठन

नेकपा साेलुमा ४५ सदस्यीय सचिवालय गठन

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला समिति सोलुखुम्बुले ४५ सदस्यीय सचिबालय गठन गरेको छ ।  शुक्रबार सम्पन्न दोस्रो पूर्ण बैठकले पूर्व एमालेवाट २४ र पूर्व माओवादीवाट २१ सदस्य रहने गरी सचिवालय गठन गरेको हो ।

नेकपा केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज हेम कुमार राई सुरविरको प्रमुख आतिथ्य र नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राईको अध्यक्षतामा भएको बैठकले पार्टीको बिभिन्न विषयमा गहन छलफल गरेको कार्यालय सचिव हर्क बहादुर राईले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला समिति सोलुखुम्बुकाे बैठकले प्रदेश १ को खेलकुद बोर्डको सदस्य सचिवमा हर्क बहादुर राईलाई सिफारिस गरेको छ ।

 

Logo