काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले कमिशन बार्गेनिङ गर्ने पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेपछि नेपाली कांग्रेसका नेता गगन थापाले प्रश्न उठाएका छन् ।
शुक्रबार ट्विट गर्दै नेता थापाले छानविनलाई नै प्रभावित पार्ने गरी बचाउ गरेको भन्दै प्रम ओलीप्रति प्रश्न उठाएका हुन् –‘प्रधानमन्त्री ओलीले गोकुलजीको प्रतिरक्षामा दिनुभएका भनाइ छानबिन प्रभावित पार्ने उद्देश्यबाट प्रेरित छन’ उनले प्रश्न गरेका छन्–‘बाँस्कोटाको चुलो र तुलोको जिम्मा लिनुभएका प्रधानमन्त्रीले अब आवाजको पनि जिम्मा लिएपछि यो लगायतका प्रकरणमा प्रम पुर्णः जानकार र संलग्न हुनुहुन्थ्यो भन्ने कुरालाई पुष्टि गर्दैन ? ।’
बिहीबार राजधानीमा आयोजित वागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले खुलेर पूर्वमन्त्री बाँस्कोटाको बचाउ गरेका थिए ।
उनले बाँस्कोटामाथि लागेको आरोप झुटो भए पनि नैतिकताका आधारमा राजीनामा दिएको बताए । केही समय पहिले सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद गर्न ७० करोड कमिसन माग गर्दै गरेको मन्त्री बाँस्कोटाको अडियो सामाग्री सार्वजनिक भएको थियो । सोही अडियोका कारण मन्त्री बाँस्कोटाले फागुन ८ गते राजीनामा दिएका थिए ।





























प्रतिक्रिया