प्रचण्ड–माधव पक्षले पठायो प्रधानमन्त्रीलाई संविधानको पुस्तक

प्रचण्ड–माधव पक्षले पठायो प्रधानमन्त्रीलाई संविधानको पुस्तक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संसद विघटनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ ।

नेकपा प्रचण्ड–माधव समूहले गठन गरेको केन्द्रीय संघर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान–२०७२ पठाएको हो ।

काठामाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठाएको छ । नेकपा काठमाडौं जिल्ला कमिटीका इन्चार्ज सावित्रा भूसालले केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको बताए ।

संविधानको पुस्तक पठाउन नेताहरु प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका विरुद्धमा संघर्ष गरौं लेखिएको ब्यानरसहित काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेका थिए ।

 

 

Logo