• सराेज बस्याल
  • काठमाडौं । तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा सत्ताको पेरिफेरिमा रहँदा सधैं चर्चा र विवादमा आइ नै रहे । "/>

    पूर्वमन्त्री बाँस्कोटाका ७ खाले विवाद

    पूर्वमन्त्री बाँस्कोटाका ७ खाले विवाद

    केन्द्रबिन्दु
    0
    Shares

    • सराेज बस्याल

    काठमाडौं । तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा सत्ताको पेरिफेरिमा रहँदा सधैं चर्चा र विवादमा आइ नै रहे । कडा रुपमा प्रस्तुत हुने स्वभाव र सरकारको टर्रोगरी बचाउ गर्ने शैलीका कारण उनी सधैं चर्चा र विवादमा तानिएका हुन् ।

    काभ्रे जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बाँस्कोटा ०७४ चैत्र २ गते राज्यमन्त्रीमा नियुक्त भएका थिए । राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका बाँस्कोटा १४ महिनाको छोटो अवधिमा सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता समेत बने ।

    नेपाल सरकारले हरेक बिहिबार नियमित रुपमा गर्दै आएको पत्रकार सम्मेलनमा ‘हेप्नी’ शब्दको प्रयोग गरेपछि आम रुपमा उडाइन थालेका बाँस्कोटा पछिल्लो समय भने चरम विवादमा तानिएका छन् ।

    स्वीस कम्पनीसँगको सेक्युरिटिज प्रिन्टिङ प्रेस खरिदमा कमिसन बार्गेनिङ गर्दै गरेको अडियो सामाग्री सार्वजनिक भएसँगै उनी विवादमा तानिएका हुन् । पछिल्लो समय कमिसन बार्गेनिङमा नाम जोगिएसँगै मन्त्री पदबाट राजीनामा समेत दिइसकेका छन् । गत बुधबार स्वीस कम्पनीसँग सेक्युरिटि प्रिन्टिङ् खरिद प्रकरणमा कमिशन बार्गेनिङ गर्दै गरेको अडियो सामाग्री बाहिरिएसँगै प्रधानमन्त्री ओली उनको राजीनामा माग्न बाध्य भएका थिए ।

    पत्रकार सम्मेलनको पूर्वसंध्यामा राजीनामा दिएसँगै सरकारले हप्तादिनमा गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्नबाट समेत उनी बञ्चित भएका थिए । ओलीको विश्वासपात्र बाँस्कोटा राज्यमन्त्री हुँदै प्रवक्तासम्मको हैसियतमा पुग्दा निकैवटा विवादमा परेका थिए ।

    विवाद नं १
    सम्पति विवरण सार्वजनिक गर्दा विवाद

    मन्त्री बाँस्कोटाले राज्यमन्त्रीको हैसियतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पति विवरण पेश गरेका थिए । जसले गर्दा उनको जीवनशैली र सम्पति विवरणमा कुनै तालमेल नदेखिएको भन्दै व्यापक विरोध भएको थियो । उनले पेश गरेको सम्पति विवरणमा तारादेवी बाँस्कोटा (मानन्धर) को नाममा भक्तपुरको मध्यपुर ठिमीमा जग्गा र त्यही जग्गामा ४ कोठे एक तले घर उल्लेख छ । जुन पैत्रिक सम्पत्ति बेच्दा प्राप्त भएको रकम र स्वआर्जनबाट कमाएको भनेका छन् । यसबाहेक उनको काभ्रेमा पाखोबारीसहितको जग्गा रहेको छ । काभ्रेको बनेपामा ३ लाखमा ४ आना जग्गा किनेको सम्पत्ति विवरणमा उल्लेख छ ।

    यस्तै तारादेवीको नाममा काभ्रेको देवभूमिमा २ रोपनी पाखोबारी रहेको छ भने बुबा हरिप्रसाद बाँस्कोटाको नाममा नयाँ गाउँदेउपुरमा पैत्रिक सम्पत्ति रहेको छ । यस्तै सम्पत्ती विरणमा १७ तोला सुन र ६० तोला चाँदी रहेको उल्लेख छ । यस्तै ब्राइट बचत तथा ऋण सहकारी संस्थामा आफ्नै नाममा ९९ हजार ९ सय ४१ रुपैयाँ र इन्भेस्टमेन्ट बैंकमा १ लाख ९ हजार ९ सय ४३ रुपैयाँ, तारादेवीको नाममा एक सहकारीमा ३ लाख ३८ हजार ३ सय २६ रुपैयाँ र कुमारी बैंकमा ११ हजार रहेको उल्लेख छ ।

    यसबाहेक समिर बाँस्कोटाको नाममा नबिल बैंकमा १५ लाख र शुलभ बाँस्कोटाको नाममा इन्भेस्टमेन्ट बैंकमा १६ हजार १ सय रुपैयाँ उल्लेख गरिएको छ । त्यसमा पनि छोरा समिरलाई विदेश पठाउनको लागि १५ लाख कुवेर सापकोटा र विष्णु खनालसँग १५ लाख ऋण लिएको बाँस्कोटाको सम्पति विवरणमा उल्लेख छ । यस्तै प्राइम बचत तथा ऋण सहकारीमा बाँस्कोटाकै नाममा १ हजार कित्ता सेयर रहेको देखाइएको छ ।

    सवारी साधन केहीपनि नरहेको, कृषिप्रधान तथा पशुधन केही पनि नभएको र घरमा सामसुङको टिभी रहेको उनले बताएका थिए । रमाइलो कुरा त के छ भने उनले सार्वजनिक गरेको सम्पति विवरणमा साथीभाइले उपहार दिएको सामसुङको आइफोन पनि उल्लेख गरिएको थियो । उनले सार्वजनिक गरेको सम्पति विवरणमा सामसुङको आइफोन उल्लेख भएपछि सामाजिक सञ्जालमा सूचना तथा प्रविधिमन्त्री बन्न योग्य नभएको भन्दै प्रश्न समेत उठाइएको थियो ।

    विवाद नं २
    पत्रकारसँगको उनको विवाद
    नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम सिधा प्रश्नमा अतिथिको रुपमा आएका मन्त्री बाँस्कोटाले सार्वजनिक गरेको सम्पति विवरणमाथी प्रश्न गर्दा पत्रकार राजु थापामाथि खनिएका बाँस्कोटा निकै विवादमा तानिएका थिए । पत्रकार थापाले सर्वहारा पार्टीको नेतृत्व गर्ने नेता भएर दाइजोमा ससुरालीले दिएको सम्पति भन्दै उल्लेख गर्नु भएको छ भन्दै प्रश्न गरेका थिए । सोही प्रश्नकै कारण सामान्य भनाभन भएका कारण पछि थापाले सो कार्यक्रमबाट हात धुनु परेको थियो । त्यस कार्यक्रममा थापा नदेखिएपछि मन्त्री बाँस्कोटाले उनको कार्यक्रम बन्द गराएको आरोप लागेको थियो ।

    विवाद नं ३
    खुलेरै मिडियाको विरोध गर्ने
    मन्त्री बाँस्कोटाले सरकारको खुलेर प्रशंसा गर्थे भने मिडियाको खुलेरै विरोध पनि गर्थे । उनी प्रधानमन्त्री केपी ओलीका खास विश्वास पात्र थिए । केही दिन पहिले मन्त्री बाँस्कोटा प्रम ओलीसँग आफ्नो गृह जिल्ला काभ्रे पुगेका थिए । उनकै गृहजिल्ला पुगेर प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेहरु गोकुल बाँस्कोटालाई हेरेर पछाडि हट्ने भन्दै प्रशंसा समेत गरेका थिए । खासगरी मिडियालाई बाँध्नु पर्छ, तह लगाउनु पर्छ आदि भन्ने र त्यसै अनुसारका कानुनको वकालत गरेपछि उनी मिडियाकर्मी माझ अप्रिय नै थिए । प्रधानमन्त्रीले सोहि कार्यक्रममा भनेका थिए, एउटै तुलोमा गोकुल र अरुलाई राख्ने हो भने पनि गोकुल नै अगाडि हुन्छन् । सबैका लागि एउटै गोकुल काफी छन् । तर त्यसको २ दिन पछि नै बाँस्कोटाले आफ्नो असलीरुप देखाए ।

    विवाद नं ४
    कमिशन बार्गेनिङ गर्दै गरेको अडियो सामाग्री सार्वजनिक
    गत बुधबार हाम्रा कुरा डटकमबाट स्वीस कम्पनी एजेण्ड विजयप्रकाश मिश्रसँग सेक्युरिटिज प्रिन्टिङ प्रेस खरिदमा कमिशन बार्गेनिङ गर्दै गरेको अडियो सामाग्री सार्वजनिक भएको थियो । उक्त अडियो सामाग्रीमा मन्त्री बाँस्कोटाले कमिसन बापत ७० करोड पाउने उल्लेख गरिएको थियो ।

    अडियो सार्वजनिक भएसँगै उनीमाथि राजीनामा दिनुपर्ने व्यापक दबाब आएको थियो । सोही दबाबकै कारण उनले नैतिकताको आधारमा राजीनामा दिएको भन्दै ट्वीट गरेका थिए । केपी ओलीका विश्वास पात्र बाँस्कोटा स्वयं ७० करोड रकम बार्गेनिङ गर्दै गरेको अडियो सार्वजनिक भएसँगै शून्य शहनशिलताको नारा लगाउने ओली नेतृत्वको सरकारमाथि पनि प्रश्न उठेको छ ।

    विवाद नं ५
    कमिसन काण्डमा जोडिएको उनको नाम
    मन्त्री बाँस्कोटालाई ठूला ठूला कमिसनमा नाम जोड्ने गरिएको थियो । पछिल्लो समय स्वीस कम्पनीसँग सेक्युरिटिज प्रिन्टिङ खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो । त्यस्तै बाँस्कोटाविरुद्ध २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया, करोडौँ कमिसन आउने गरी २३ अर्बमा सेक्युरिटी प्रेस किन्ने योजना, फोर–जी सेवा विस्तार गर्न १९ अर्बको ठेक्का, देशभर अप्टिकल फाइबर बिच्छ्याउने १० अर्बको भइसकेको ठेक्कामा हस्तक्षेप, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, दररेट घटाउन लगाएर ५ अर्बको ठेक्का, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना, डेढ अर्बको कार्यक्रमको लागत साढे तीन अर्बको योजना, हरेक वडा, स्वास्थ्य संस्था र सामुदायिक स्कुलमा इन्टरनेट पु¥याउन सात अर्बको योजना लगायत रहेका छन् ।

    विवाद नं ६
    ‘हेप्नी’ शब्दको प्रयोग
    उनले बोलेको हेप्नी शब्द निकै चर्चित बनेको थियो । नेपाल सरकारले नियमित रुपमा प्रत्येक बिहिबार गर्दै आएको पत्रकार सम्मेलनमा उनले बोलेको हेप्नी शब्द निकै चर्चा तथा विवादमा आएको थियो । उनले पत्रकार सम्मेलनको क्रममा दुई तिहाइको बहुमत प्राप्त सरकारलाई हेप्नी भन्दै बोलेका थिए । सोही शब्दकै कारण विवाद तथा चर्चा चुलिएपछि बिबिसीसँगको कुराकानीमा उनले आफू ग्रामिण परिभेषमा हुर्किएकाले जनबोलीकै शब्द बोल्ने भन्दै आफ्नो प्रतिरक्षा गरेका थिए ।

    विवाद नं ७
    अश्लिल शब्दको प्रयोग
    मन्त्री बाँस्कोटा कमिशन बार्गेनिङ गर्ने क्रममा निजामति कर्मचारी विरुद्ध खनिएका छन् । उनले कमिसन माग्ने काममा कर्मचारीलाई अगाडि बढाउँदा पछि मन्त्रीलाई नै नटेर्ने र हेप्ने बताएका थिए । उनले निजामति कर्मचारीलाई पटक पटक …..जी भन्दै सम्बोधन गरेका थिए । स्थायी सरकार मानिने निजामति कर्मचारी विरुद्ध अश्लिल शब्द बोल्ने बाँस्कोटाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा सर्वसाधारणले समेत आलोचना गरेका थिए ।

    Logo