काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोप प्रमाणित भए जस्तो सुकै कारबाही भोग्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।
“म माथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, उनले भनेका छन् । राजनीतिक रङ दिएर अफवाह फैलाइएको उनको भनाई थियो ।
आरोप आफैंमा ठूलो कुरा होइन, आरोप त दिनदिनै लाग्छन् तर प्रमाणित हुन सक्नु पर्छ बाँस्कोटाले भनेका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि अहिले धेरैले उनलाई बर्खास्त गर्न माग गरेका छन् ।
उनकै पार्टीबाट समेत राजीनामा माग गरिएको छ भने कतिपयले सार्वजनिक भएको अडियोको छानविन गर्नु पर्ने बताइरहेका छन् ।































प्रतिक्रिया