काठमाडौं ।
हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पार्टी फुटलाई जोगाउन कुनै भूमिका नखेलेका आरोप लगाएका छन् । गौतमले राष्ट्रिय सभामा बोल्दै अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर पार्टीलाई बचाउनु पर्ने धारणा अघि सारेका हुन् । नेकपामा दुई कित्ता भएपनि त्यो औचित्य हिन भएको र पार्टीलाई एक बनाउँन आफू अझै पनि क्रियाशिल रहेको नेता गौतमको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका छन् । प्रतिवेदनमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा आर्थिक वर्ष २०७६÷७७ मा थुप्रै महत्वपूर्ण काम भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा नयाँ नक्सा सार्वजनिकदेखि सगरमाथाको उचाई मापन सम्मका उपलब्धि समावेश गरिएको छ ।
अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित जो बाइडेन र कमला ह्यारिसलाई अब, २० जनवरीमा सपथग्रहणको बाटो खुलेको छ । अमेरिकी संसद्को संयुक्त बैठकले बाइडेन र ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेसँगै यो बाटो खुलेको हो । यही क्रममा बुधबार अमेरिकी संसद भवन अगाडि भएको हिसंस्तमक झडपमा परि ४ जनाको मृत्यु भएको छ । यता, राष्ट्रपति ट्रम्पका गतिविधिलाई मध्यनजर गर्दै सामाजिक सञ्जालले उनलाई कारवाही गरेका छन् ।
नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधि सभा विघटनको सम्बन्धमा विभिन्न क्षेत्रका वुद्धिजीवीहरुसँग छलफल गरेको छ । ओलीको कदमविरुद्ध अलग भेला बैठक गरिरहेको प्रचण्ड–माधव समूहले संघर्षका आगामी कदमबारे वुद्धिजीवीहरुसँग धारणा मागेको हो । यसक्रममा विज्ञहरूले जनतामा जाँदा आफ्ना कमिकमजोरीहरु र प्रतिवद्धताका बारेमा खुल्न सुझाएका छन् भने, राजनीतिक संकटमा मात्र विज्ञलाई सम्झने प्रवृतीमाथि नै प्रश्न उठाएका छन् ।
नेप्सेमा नयाँ नयाँ कीर्तिमानी बन्दै गएको छ । सताको अन्तिम कारोवारको दिन बिहिबार २ हजार २ सय चार दशमलव ९४ बिन्दूसम्म पुगेको बजार सम्हालिएर २ हजार १ सय ९४.३५ बिन्दूमा पुग्दा नेप्सेमा अहिलेसम्मकै उच्चतम् बिन्दू कायम भएको हो । नेप्से परिसूचकमा वृद्धी हुँदा कारोबार रकम पनि निरन्तर बढिरहेको छ ।





























प्रतिक्रिया