सभापति देउवाद्वारा दुःख व्यक्त

सभापति देउवाद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति एवं पूूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आइतबार एक शोक विज्ञप्तिमार्फत स्व. बेखारत्नप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । काँग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शाक्यको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै सभापति देउवाले कठिन परिस्थिति, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र पार्टी सङ्गठन निर्माणमा उहाँले पु¥याउनुभएको योगदानको उच्च सम्मान व्यक्त गरे ।

स्वतन्त्रता सेनानी शाक्यको आइतबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ८९ वर्षको उमेरमा निधन भएको हो । स्व शाक्य ललितपुर उपमहानगरपालिकाको पूर्वप्रमुख, नगरपालिका सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष र नेपाल प्रजातन्त्र सेनानी सङ्घका पूर्वजिल्ला सभापतिसमेत थिए । स्व शाक्यले नेपालको प्रजातान्त्रिक आन्दोलनहरु तथा पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेका काँग्रेसले जनाएको छ ।

यसैगरी सभापति देउवाले पार्टीका पूर्वमहासमिति सदस्य एवं नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य ज्ञानेन्द्रमान सिंह राउतको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् । सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

ब्रेन ट्युमर रोगबाट पीडित राउतको यही फागुन ३ गते भक्तपुरको बालकोटमा निधन भएको हो । रासस

Logo