काठमाडौं ।
राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्रीले सनकका आधारमा प्रतिनिधि सभा विघटन गर्न नपाउने बताएका छन् । आजको बैठकमा बोल्दै उनले संविधानसभामा भएका छलफलको रेकर्ड बजाउन माग गरेका छन् ।
विडारीले संसद विघटन गर्दा नेपाल आमा रोएको समेत बताए । ‘नेपाल आमाको चित्कार छ, गुहार गुहार। मलाई आपत पर्यो । संविधान बचाउ,’ बैठकमा उनले भने ।
विडारीले बहुमतको प्रधानमन्त्रीले २०४७ सालको संविधान र बेलायतको पुरानो १८ औं शताब्दीको प्रचलन अहिले प्रयोग गर्न नमिल्ले पनि बताए ।





























प्रतिक्रिया