काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र जस्तै बिदा हुने बताएका छन् । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाइ छ ।
नेकपा दाहाल–नेपाल पक्षले बुधबार गरेको अन्तर्क्रियामा नेता रिजालले सरकारले घोषणा गरेको चुनाव बैशाखमा नहुने पनि बताए ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु सधैंभरी अग्रगमनको पक्षमा रहने बताए । आफूहरु प्रतिगमनको पक्षमा नजाने उनको भनाइ थियो ।
पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक दलहरुले यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।कान्तिपुरबाट





























प्रतिक्रिया