सरकारसँग जोडिएका संस्थाहरुमा अनुसन्धान र विकासका कामहरु कमजोर : सञ्चारमन्त्री

सरकारसँग जोडिएका संस्थाहरुमा अनुसन्धान र विकासका कामहरु कमजोर : सञ्चारमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग जोडिएका संस्थाहरुमा अनुसन्धान र विकासका कामहरु कमजोर रहेको बताएका छन् ।

नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनमा पनि अनुसन्धान गरेर कार्यक्रमहरु उत्पादन गर्नुपर्ने बताएका हुन् । उनले सरकारसँग जोडिएका सबै संस्थामा अनुसन्धान र विकास सम्बन्धमा कमजोर रहेको उल्लेख गर्दै नेपाल टेलिभिजनमा पनि यसको अवस्था कमजोर रहेको बताए । उनले टेलिभिजन स्थापना भएको हिसाबले पहिलो टेलिभिजन भएपनि कार्यक्रम उत्पादन र जनताको रोजाईमा पहिलो हुनुपर्ने चुनौति रहेको बताए । त्यसका लागि दक्ष जनशक्ति अर्थात अनुसन्धान गर्न सक्ने जनशक्ति आवश्यक रहेको उनको भनाई थियो ।

उनले भने ‘एउटा सिंगो देशभित्र सिंगो देशका विभिन्न भौगोलिक विशेषताभित्र, त्यस भित्रका विभिन्न सामाजिक संस्कृतिहरुभित्र, आर्थिक क्षमताहरुभित्र, मान्छेका रुचिहरुभित्र र मान्छेहरु मध्ये पनि उमेर समूहका रुचिहरुलाई पनि अब हामीले कुन बेला के उपयुक्त हुन सक्दछ र कस्तो कार्यक्रम कसले कति रुचाउँछ भन्ने हिसाबले कार्यक्रमहरुको उत्पादन हुनुपर्छ ।

उनले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिति लगायतका संस्थाहरु सरकारी संस्था नभई जनता र राज्यको सम्पत्ति भएको बताए । उनले विश्व समुदायमा नेपाल सम्बन्धी जानकारी लिन अन्य समाचार च्यानलहरुलाई माध्यम बनाएको पाइएको भन्दै त्यसको अन्त्य गर्न अंग्रेजी माध्यमको विश्व समाचार च्यानल ‘एनटिभि वल्र्ड’ यसै आर्थिक वर्ष भित्रमा नितिगत र व्यवस्थापकीय रुपमा सञ्चालनमा ल्याउने समेत बताए ।

Logo