विकास र सुशासनका लागि एकतावद्ध भएर अघि बढ्न प्रधानमन्त्रीको आग्रह

विकास र सुशासनका लागि एकतावद्ध भएर अघि बढ्न प्रधानमन्त्रीको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकास र सुशासनका लागि दलहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । विगतका जनआन्दोलनहरुमा दलहरुविच भएको एकता र त्यसबाट प्राप्त उपलब्धिको प्रसङ्गग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “हाम्रा अनुभवहरुले हामीलाई एकताबद्ध भएर अघि बढ्न शिक्षा दिएको छ ।” प्रतिनिधि सभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना दिंदै उनले अहिलेको समय ‘आईडियोलोजिक आग्रह’मा अल्झिने बेला नभएको बताए । उनले भने, “संलग्नतालाई महत्वपूर्ण ठान्ने र सत्यलाई कम महत्व दिने समय अब हामीसँग छैन ।”

नवनिर्वाचित सभामुखको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटालाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिए । संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद संचालनको गहन अभिभारा काँधमा आएको भन्दै प्रधानमन्त्री ओलीले सो अभिभारामा सफलता मिलोस् भन्ने कामना व्यक्त गरे । नवनिर्वाचित सभामुखले संसदलाई मर्यादित ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सभा संञ्चालनमा सरकारको पूर्ण सहयोग रहने पनि प्रतिवद्धता समेत जनाए ।

प्रतिनिधि सभामा सर्वसम्मत सभामुख चयन हुने वातावरण निर्माण हुनु सकारात्मक संकेत भएको भन्दै उनले प्राथमिकता निर्धारण गर्ने सवालमा विचार गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने दायित्व संसद समक्ष रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एम सि सिले पनि संसदबाट अनुमोदनको प्रतिक्षा गरिरहेको बताए ।

Logo