‘चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र गरियो’–माधवकुमार नेपाल (भिडियोसहित)

‘चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र गरियो’–माधवकुमार नेपाल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भएको बताएका छन् ।

सोमबार नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भइरहेको बताएका हुन् । निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरु उठाउन खोज्नुले षडयन्त्र भइराखेको अनुभुति भएको बताए । केन्द्रीय कमिटीमा एक चौथाई सदस्यसमेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने दावी गर्दै अध्यक्ष नेपालले आफूहरु नै आधिकारिक भएको बताए ।

विगतमा पनि यस्ता षडयन्त्रहरु भइरहेको तर निर्वाचन आयोगले कानून र यथार्थको आधारमा निर्णय गरेको नजिरहरु रहेकोले यसपटक पनि आयोगले निष्पक्ष निर्णय गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक नेतृत्व आफूहरु नै रहेको दावी समेत गरेका छन् । दुई तिहाई केन्द्रीय समितिको निर्णयलाई पन्छाएर कसैले अघि बढ्ने सपना देखेको भए सम्भव हुन नदिने समेत उनले बताए ।

Logo