‘संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई दिएको छैन’ : रघुजी पन्त

‘संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई दिएको छैन’ : रघुजी पन्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले आगामी आन्दोलन नेकपाकै शक्तिको भरमा अघि बढ्ने बताएका छन्।

सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक पश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै स्थायी कमिटी सदस्य पन्तले सरकारको संसद विघटनको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलनका लागि प्रयास जारी राख्दै आगामी आन्दोलन भने नेकपाकै शक्तिको भरमा अगाडि बढाउने बताएका हुन् ।

पन्तले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले कुनै नेता अथवा आन्दोलनकारीको मुख हेरि फैसला नगर्ने टिप्पणी गरे । सर्वोच्च अदालतले संविधान हेरेर फैसला गर्ने भएकोले संसद विघटनको जवाफ पुनर्स्थापना बाहेक केही हुन नसक्ने उनले बताए । संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको भनाई छ । स्थायी कमिटी सदस्य पन्तले नेकपाको कमाण्ड प्रचण्ड–माधवपक्षसँग बहुमत भएको, सूर्य चिन्ह आफूहरुले पाउने, संसद पुनर्स्थापना हुने र नेकपाको सम्पति आफूहरुको हुने दाबी गरे ।

Skip This
Skip This
Logo