सभामुखको निर्वाचन माघ १२ गते हुने (निर्वाचन कार्यक्रमसहित)

सभामुखको निर्वाचन माघ १२ गते हुने (निर्वाचन कार्यक्रमसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधि सभाको रिक्त रहेको सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ ।

उपसभामुख शिबमाया तुम्बाहाङ्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको अध्यक्षता गरेका महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावली ०७५ नियम २११ को उपनियम २ बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामालाई सभामा समक्ष पढेर सुनाएका थिए । लगत्तै उनले प्रतिनिधिसभा नियमावलीको नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन माघ १२ गतेका लागि निर्धारण गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए ।

उपसभामुख तुम्बाहाङ्फेले पहिलो बैठकमा राजीनामा दिने संकेत गर्दै सो बैठकपछि राजीनामा दिएकी थिइन् । उनको राजीनामापछि ज्येष्ठ सदस्यका हैसियतमा महन्थ ठाकुरले प्रतिनिधिसभाको अध्यक्षता गरेका हुन् । यस अघि ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको सपथ लिएका थिए । प्रतिनिधि सभाको अर्को बैठक माघ १२ गते आइतबार अपरान्ह ३ बजेका लागि बोलाईएको छ ।

यस्तो छ सभामुखको निर्वाचन कार्यक्रम

माघ १२ गते हुने प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे २ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ १२ गते आइतबार ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुनेछ ।

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भएपनि सभामुख पद रिक्त रहेका कारण एक महिनासम्म संसद बैठक प्रभावित हुदै आएको थियो । असोज १४ गते कृष्ण बहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहदै आएको थियो । सोमबार उपभासभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुखको निर्वाचनका लागि बाटो खुलेको हो ।

Skip This
Skip This
Logo