बुटवल ।
प्रदेश नं. ५ का कांग्रेस सांसद बलदेव शर्मा पोखरेलको आज निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनलाई तिलोत्तमास्थित क्रिमसन अस्पतालमा राखिएको थियो ।
निको नहुने भएपछि केहीदिन अघि मात्र घर लगिएका पोखरेलको आफ्नै निवासमा आज निधन भएको हो । सांसद बलदेव प्रदेश नं. ५ का ज्येष्ठ सदस्य थिए । उनी कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभामा सदस्य भएका थिए । वि.सं. १९९४ सालमा जन्मिएका पोखरेल २०२० सालबाट राजनीतिमा सक्रिय थिए ।





























प्रतिक्रिया