म्यानमारको सैनिक ‘कू’ बारे बोल्यो नेपाल सरकार

म्यानमारको सैनिक ‘कू’ बारे बोल्यो नेपाल सरकार

केन्द्रबिन्दु
0
Shares

म्यानमारमा सोमबार भएको सैनिक ‘कू’बारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार बेलुकी विज्ञप्ति जारी गर्दै नेपालले म्यानमारमा विकासित भएको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाएको छ ।

मन्त्रालयले म्यान्मारका जनताको इच्छा र भावना अनुसार सम्पूर्ण पार्टीहरु संलग्‍न रहेको प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिटो पुनःस्थापित हुने विश्वास व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले म्यानामरमा सेना नियन्त्रणमा रहेका राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सलर आङ सान सुचीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सलर आङ सान सूचीलगायत मुख्यमन्त्री र नेताहरुलाई पक्राउ गरेको थियो । सोमबार रातिदेखि म्यानमारमा कर्फ्यू लगाइएको छ भने इन्टरनेट सेवा अवरुद्ध गरिएको छ। पक्राउ परेका नेताहरुको अवस्था सार्वजनिक गरिएको छैन।

राष्ट्रपति विन मिन्ट र राज्य सल्लाहकार आङसान सुचीसहित पक्राउ परेका नेताहरुको सुरक्षा एवं सकुशलताप्रति नेपाल सरकार उत्तिकै चिन्तित रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनीहरुको तत्काल रिहाइका निम्ति आह्वान गरेकाे छ ।

Logo