पत्नी सीताको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

पत्नी सीताको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन् । पत्नी सीता दाहाललाई थप उपचार गर्न उनी आज भारतको मुम्बई जान लागेका हुन् । उनी बिहान ११ बजेको उडानबाट मुम्बई जाने बताइएको छ ।

अध्यक्ष प्रचण्ड दम्पतिसँग छोरी गंगा दाहाल पनि सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित सीता दाहाल केही दिनदेखि पुनः विरामी भएकी छिन् ।

उनलाई भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उनलाई मुम्बई लगिन लागिएको हो ।

Logo