देउवाकै कारण काँग्रेस कमजोर : सुजाता

देउवाकै कारण काँग्रेस कमजोर : सुजाता

केन्द्रबिन्दु
0
Shares

रुपन्देही ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक विवादका कारण पार्टी कमजोर भएको बताएकी छिन् । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाटमा कोइरालाले विवाद यथावत रहे आगामी निर्वाचनमा कांग्रेसको अवस्था शून्य हुने बताइन् ।

सभापति देउवाको पदलोलुपताका कारण पार्टी कमजोर बनेको आरोप कोइरालाको छ । पार्टी व्यक्तिभन्दा संस्था केन्द्रित कार्य गर्नु पर्ने उनको भनाइ थियो। पार्टीमा गुट र किचलो भइरहे कांग्रेसलाई मत दिँदा कार्यकर्ता र आम नागरिकको हात काप्ने स्थिति आउन सक्ने अवस्थातर्फ ध्यान दिनुपर्ने उनले बताइन् ।

पार्टीभित्रको विवाद तत्काल अन्त्य गरी संगठन निर्माणतर्फ लाग्नु पर्ने उनको सुझाव थियो । कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन्।

Skip This
Skip This
Logo