काँग्रेस महाधिवेशनको कार्यतालिका सहमतिमै बन्नुपर्छ : नेता बडू

काँग्रेस महाधिवेशनको कार्यतालिका सहमतिमै बन्नुपर्छ : नेता बडू

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर ।

प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले पार्टीको महाधिवेशनको मिति र कार्यतालिका सहमतिकै आधारमा टुङ्गिने वातावरण बनिरहेको बताएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा विहिबार पत्रकार भेटघाटमा बोल्दै नेता बडूले पार्टीको महाधिवेशनको मिति तथा कार्यतालिका सहमतिकै आधारमा टुङ्ग्याउन शीर्ष नेताहरुबीच पहल भइरहेको जानकारी दिए। “असाधारण अवस्थामा कार्यसमितिको विधानतः एक वर्ष थप गर्न पाउने व्यवस्था पनि छ ।” बडूले भने, “तर यो बहुमत र अल्पमतले निर्णय लिनुपर्ने विषय होइन ।” महाधिवेशन पार्टीको प्राथमिकता र साझा एजेण्डा भएको उनको भनाइ थियो ।

वर्तमान समयमा पार्टीमा देखिएको समस्या चाँडै अन्त्य हुने भन्दै उनले पार्टी नेतृत्वले विधान मिचेर विभागको सङ्ख्या बढाएको आरोपसमेत लगाए । “निर्णय सुधार गरेर वातावरण बन्नेमा विश्वस्त छु ।” उनले भने, “महाधिवेशन भएको दुई महिनामा पार्टीको संरचना नबन्नु पार्टीको ठूलो कमजोरी हो ।”

फरक प्रसङ्गमा बोल्दै नेता बडूले सत्तापक्षकै कारण सभामुख चयनमा ढिलाइ हुदा संसद्समेत अनिर्णयको बन्दी बनेको आरोपसमेत लगाए । “संसद् शुरु भए पनि अहिलेको सञ्चार विधेयकको समेत प्रतिपक्षले विरोध गर्छ ।” उनले भने, “लोकतन्त्रमा जनता र प्रतिपक्षले गलत क्रियाकलापको विरोधमा बोल्न पाउँछ ।”
रासस

Skip This
Skip This
Logo