सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा बनाउन निर्देशन दिएको छ । ३ नम्बर प्रदेश कमिटी र प्रदेशसभा दललाई सचिवालय बैठककोले प्रदेस को नाम वाग्मती प्रदेश र राजधानी हेटौंडा राख्न गरी निर्णय गर्न निर्देशन दिएको हो।
प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मतीमध्ये कुन राख्ने भन्ने विवाद थियो । त्यस्तै काभ्रे, भक्तपुर र हेटौंडामध्ये राजधानी कहाँ राख्ने भन्नेमा पनि विवाद थियो ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको संगठनात्मक अवस्था, राष्ट्रियसभा सदस्य निर्वाचन, पार्टीबाट सभामुखको उम्मेदवार चयनलगायतका विषय छलफल भएको छ ।
बैठकमा दुवै अध्यक्षका साथै उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल लगायत अन्य सचिवालय सदस्यहरुको उपस्थिति थियो ।































प्रतिक्रिया