काठमाडौं ।
हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये काठमाडौँको प्रज्ञा भवनमा नेकपाको संस्थापन पक्षको भेलालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असली नेकपा आफू नै रहेको दावी गरेका छन् । उनले कुर्सीको लोभमा लागेर प्रचण्ड–नेपाल अर्कै मोडमा लागेको उल्लेख गर्दै अबको निर्वाचनमा बहुमत ल्याएर देखाउन पनि चुनौती दिएका छन् । यस्तै भेलामा सम्बोधन गर्दै नेता ईश्वर पोखरेल, रामबहादुर थापा लगायतले पार्टी विभाजनको मुख्य कारण प्रचण्ड–नेपालको अवसरवादी प्रवृती नै हावी रहेको आरोप लगाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले दोश्रोचरणको आन्दोलनको घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरि माघ २३ सम्मका लागि विरोधका कार्यक्रम घोषणा गरिएको हो । प्रतिनिधि सभा विघटनविरुद्धको संघर्षका कार्यक्रम केन्द्रदेखि वडा तहसम्म हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
.
दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको शनिबार भएका दुई सेमी फाइनल खेलबाट प्रदेश नम्बर–१ र एपिएफ फाइनल प्रवेश गरेका छन् । सेमिफाइनलको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश क्रिकेट टिमलाई ९ विकेटले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो भने दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश–१ पनि उपाधी नजिक पुगेको हो ।
कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार लैजाँदै आएकोमा यसवर्ष कोरोना प्रभावका बीच परीक्षा हुन नसक्दा युवा अलमलमा परेका हुन् ।
जापानको टोकियोमा कोरोना संक्रमणको तेस्रो लहर निकै भयानक भएको भन्दै त्यहाँका गर्भनरले स्वास्थ्य संकटकाल घोषणाको तयारी गरेका छन् । त्यहाँको गभर्नरले केन्द्र सरकारको अनुमति माग गर्दै नाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग आग्रह गरेका हुन् ।































प्रतिक्रिया