पोखरा । मंगलबार बिहान पोखरामा स्कुल बसले किच्दा युवतीको ज्यान गएको छ ।
पोखरा १७ राम मन्दिर नजिकै ग १ क २४९९ नम्बरको स्कुल बसले किच्दा पर्वतको छौलालाङखुरी घर भई पोखरा बस्दै आएकी सरिता पौडेल सुवेदीको घटनास्थलमै ज्यान गएको छ ।
छाेरीलाई स्कुल बसमा चढाएर ओर्लने क्रममा उनलाई उक्त बसले किचेको बताइएकाे छ ।
स्कुल बसबाट ओर्लने क्रममा उनी अचानक लड्न पुगेको र चालकले गाडी अगाडि बढाउँदै गर्दा गाडी ठक्कर दिएकाे हाे ।
चालक र गाडी प्रहरीले नियन्त्रणमा लिएकाे छ ।





























प्रतिक्रिया