‘नेकपा विभाजन भएको छैन, एकताको सम्भावना छ’ : वामदेव गौतम (भिडियोसहित)

‘नेकपा विभाजन भएको छैन, एकताको सम्भावना छ’ : वामदेव गौतम (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझैपनि एकता जोगाउने सम्भावना जिवित रहेको बताए।

राष्ट्रिय सभा सदस्यसमेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिदैँ नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको बताएका हुन् । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनको भनाई छ । उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडि बढाउने पनि बताए ।

उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए। उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफूसँग रहेको बताए ।

 

Logo