केन्द्रबिन्दु बुलेटिन : राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि शुरु (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि शुरु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रतिनिधिसभा विघटन भएपछिको पहिलोपटक शुक्रबार सुरु भएको राष्ट्रियसभाको बैठक पुनः सकिएको पुस २३ गते दिउँसो १ बजे बस्ने गरि सकिएको छ । सातौं अधिवेशनको पहिलो बैठकमा छैटौं अधिवेशनपछि हालसम्म निधन भएका संघीय संसदका सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ भने, अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको पत्र र मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र राष्ट्रियसभाका अध्यक्षद्वारा सभामा प्रस्तुत भएका छन् । यस्तै केही अध्यादेशपनि बेठकमा पेश भएका छन् ।

कोभिड–१९ विरुद्धको एक खोपलाई विश्व स्वास्थ्य संगठनले पनि आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोप भाइरस संक्रमणबाट सिर्जना हुने जोखिम न्यूनीकरणका लागि निकै प्रभावकारी देखिएको जनाउँदै प्रयोगका लागि अनुमति दिइएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताएका छन् । बजारमा अत्याधिक महँगी बढेको गुनासो आएकाले मूल्यवृद्धि नियन्त्रण आँफै गर्न उद्योग व्यवसायीका संगठनहरुलाई मन्त्री भट्टले आग्रह समेत गरेका छन् ।

अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्माओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा लैजाने लक्ष्यमा सफलता प्राप्त भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सन् २०२० मा कोभिड–१९ को क्षति तुलनात्मक रूपमा कम गर्न नेपाल सफल रहेको समेत दावी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र र राजसंस्था पुर्नस्थापित गरिने दाबी गरेका छन् । राजधानीको रत्नपार्कमा राप्रपाले आयोजना गरेको विरोधसभामा बोल्दै अध्यक्ष थापाले सर्वपक्षीय सम्मेलनबाट पुनस्थापित नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने चेतावनी पनि दिएका छन् । अध्यक्ष थापाले संघीयताको नाममा जातजातिलाई विभाजन गरेपछि देश दिशाहिन भएको आरोप आरोप समेत लगाएका छन् ।

Logo