गएराति अज्ञात समुहले कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा आगजनी गरेको छ ।
जाजरकोट (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी भेरी नगरपालिका-७ पुन्मामा आगजनी भएको हो । गएराति १० बजेतिर उनको गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
स्याउली बजारमा आयोजना गरिएको प्रचण्ड–नेपाल समूहको कार्यक्रममा सहभागी हुन सिंह उक्त गाडी लिएर जाजरकोट गएका थिए।
आगजनीबाट गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया