धनगढी । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर २ मा पुगेर अनशन बस्ने कुरा दोहाेर्याएका छन् । पिपराकाे बाटो समयमा नबने आफू साँच्चै अनशन बस्ने बताएका हुन् ।
प्रचण्डले गत मंसिर १० गते निजगढमा नेकपाले गरेको कार्यक्रममा मधेशका जनताले दु:ख पाए अनशन बस्ने बताएका थिए। आज धनगढी पुगेका प्रचण्डले भने, ‘सामान्य बाटो पनि नबनेर वर्षौदेखि जनताले दुःख पाइरहने अवस्था रहेको भन्दै उनले प्रदेश नम्बर २ को पिपरामा बाटो बनेन भने साँच्चै अनशन बस्छु ।’
उनले थपे ‘ मैले दुई ठाउँमा अनशन बस्छु भनेको छु। जहाँ जनताले बर्षौंदेखि सामान्य बाटो पनि नबनेर दुस्ख पाएका छन् त्यहाँ साँच्चै अनशनमा बस्छु।’
उनले पिपरामा बाटो समयममा बनेन भने त्यही ठाउँमा गएर अनशन बस्ने कुरा आज दाेहाेर्याएका हुन् ।





























प्रतिक्रिया