नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै

नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्नका लागि बैठक बस्ने भएको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकले आन्दोलनका थप कार्यक्रमको निर्णय गर्ने बताइएको छ । बैठकपछि उक्त समुहले आजै पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रमका बारेमा जानकारी गराउने तयारी गरेको छ ।

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेपछि विभिन्न समुहहरुले यसको विरोध गर्दै आएका छन् । मंगलबार नेकपाको प्रचण्ड–नेपाल पक्षले देशभर प्रदर्शन गरेको थियो । त्यस्तै सोमबार नेपाली कांग्रेसले विरोध गरेको थियो भने आइतबार जसपा तथा शनिबार राप्रपाले विरोध कार्यक्रम गरेको थियो ।

Logo