काठमाडौं ।
केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँचवटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ । विभिन्न स्थानबाट सुरु भएको प्रदर्शनसँगै रत्नपार्क स्थित प्रदर्शनीमार्गमा विरोध सभाको समेत आयोजना गरिएको थियो । सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायत शीर्ष नेताले सम्बोधन गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ । भेटमा कांग्रेस पार्टी चीनका लागि सँगै प्रसंशनिय भएको भन्दै सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकीमा चीन भ्रमणको निम्तो समेत दिएको छ ।
उद्योगीबाट भुक्तानी दिलाईदिन माग गर्दै मंसिर २८ गते यता काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका उखु किसानले सोमबार साँझबाट आन्दोलन फिर्ता लिएका छन् । सरकार र किसानहरुबीच २१ दिन भित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएसँगै उनीहरूले आन्दोलन स्थगित गरेका हुन् । गत वर्ष पनि आन्दोलन गरेका किसानहरु सरकारको उपस्थितिमा एक महिना भित्रमा भुक्तानी पाउने सम्झौता गरेर घर फर्किएका थिए यस वर्ष भने माग सम्बोधन नभए पुनः आन्दोलनमा उत्रने किसानहरूको भनाई छ ।
पछिल्लो समय उपत्यका लागयत देशभर विद्युत् आपुर्तीमा समस्या उत्पन्न हुँदा जनगुनासो बढ्दो छ । यसैक्रममा नेपाल विद्युत् प्राधिकरणले अघिल्लो वर्षको भन्दा यस वर्ष विधुत्को माग १०० मेघावटले बढी भएको जनाएको छ । गत वर्षको यही समयमा बिजुलीको माग १ हजार ३ सय ४० मेगावाट मात्र रहेकोमा यो वर्ष बिजुलीको माग बढेर १ हजार ४ सय ३० मेगावाट पुगेको छ । तर, माग बढेपनि आन्तरिक उत्पादन हुन नसक्नुले विधुत् आपूर्तीमा समस्या उत्पन्न भएको प्राधिकरणको भनाई छ ।
अमेरिकाको सुरक्षा निकायहरूमा राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले ‘व्यापक क्षति’ पुर्याएको राष्ट्रपति निर्वाचित जो बाइडनले बताएका छन् । आफ्नो टोलीले रक्षा मन्त्रालयसहित अन्य विभिन्न निकायहरूबाट आवश्यक पर्ने सूचना नपाएको भन्दै राष्ट्रिपति बाइडेनले यो निकै गैरजिम्मेवारीपना भन्दा कम नभएको प्रतिकृया समेत दिएका छन् ।































प्रतिक्रिया