पोखरा,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहमतिमै भारतले नयाँ नक्सा जारी गरेको आरोप लगाएका छन्।
आज पोखराको बाटुलेचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा गाभ्नेगरी ओलीले नै सहमति गरेको दाबी गरेका हुन्। ओलीले भारतसँग सहमति गरेर नेपाली भूभागसहित भारतले नयाँ नक्सा सार्वजनिक गरेको हुन सक्छ’ देउवाले भने, ‘अहिले नेपाली सिमा मिचिदा पनि सरकारले कुनै उच्चस्तरीय कूटनीतिक पहल नगरेर सहमतिमा नक्सा जारी भएको पुष्टि गरेको छ।’
देउवाले वर्तमान सरकारले जनतालाई अनावश्यक कर थोपर्ने र भ्रष्टाचार बाहेक केही गर्न नसकेको पनि आरोप लगाए। ‘यो सरकारले कर बढाउने र भ्रष्टाचार गर्ने बाहेक केही गर्न सकेको छैन’ देउवाले भने । उपनिर्वाचन सरकारका यस्तै जनविरोधी गतिविधि विपरीतको जनमत बन्ने पनि देउवाले बताए ।































प्रतिक्रिया