प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । अहिलेसम्म चारजना मन्त्री हट्ने लगभग पक्का भएको छ । अरू पनि केही मन्त्री हट्ने भनिए पनि कोको हट्छन् भन्ने टुंगो लागिसकेको छैन ।
नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले आफू छलफलमै रहेको बताएका छन् । स्रोतका अनुसार अहिलेसम्म कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव, कृषि राज्यमन्त्री रामकुमारी चौधरी र महिला तथा बालबालिकामन्त्री थममाया थापा हट्ने पक्का भएको छ ।
नयाँ मन्त्री कोको हुने भन्ने टुंगो अझैसम्म लागेको छैन ।































प्रतिक्रिया