नुवाकोट,
नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्टमन्त्री डा.प्रकाशशरण महतले सरकारले जनताका दैनिक आवस्यकताहरुलाई बेवास्ता गर्दै रेल र पानी जहाजको सपना बाँढेको बताएका छन् ।
सोमबार नुवाकोटमा श्री कालिका देवी क्षेत्र बिकास समितिको छैठौं वार्षिक साधारणसभा उद्घाटन तथा कालिका मन्दीरको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री महतले नेपाल कम्युनिस्ट पार्टी नेतृत्व सरकारले भोट दिएको थियो या थिएन भन्ने आधारमा सरकारले दिने सेवा सुबिधामा भेदभाव गरेको आरोप पनि लगाए ।
मत नदिएकोहरुलाई बाटो नबनाईदिने, खानेपानीबाट बन्चित गराउने र विद्युत पनि नदिने मान्यता वर्तमान सरकारले राखेको कांग्रेस महतले आरोप लगाए । उनले बिगतमा कांग्रेस सरकारमा हुँदा भोटको आधारमा सेवा सुबिधामा कहिल्यै विभेद नगरेको पनि जिकिर गरे। उनले लोकतन्त्रमा यसरी सरकारी सेवा सुबिधामा विभेद नहुने स्पस्ट पारे।





























प्रतिक्रिया