उपनिर्वाचन जिताउन मजदुर संगठनलाई परिचालित गर्नुपर्छ : काँग्रेस सहमहामन्त्री

उपनिर्वाचन जिताउन मजदुर संगठनलाई परिचालित गर्नुपर्छ : काँग्रेस सहमहामन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्टमन्त्री डाक्टर प्रकाशशरण महतले यसपटक उपनिर्वाचनमा कांग्रेसलाई जिताउन मजदुर संगठनलाई निर्देशन दिएका छन् । नेपाल समृद्ध मुलुक बन्नलाई कांग्रेसनै सत्तामा आउनुपर्ने पनि डाक्टर महतले बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा नेपाल ट्रेड युनियन कांग्रेस ३ नम्बर प्रदेशको प्रथम परिषदको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री डाक्टर महतले कम्युनिस्टहरु गफ र प्रचारमुखि भएको भन्दै प्रचार र गफले मुलुक समृद्धको दिशातर्फ उन्मुख नहुने पनि जिकिर गरे ।

कांग्रेसीहरु काम गर्ने तर गरेका कामहरुको प्रचार गर्न नजान्ने भएकाले निर्वाचनमा पराजित हुनुपरेको पनि महतले स्वीकार गरे। सहमहामन्त्री डाक्टर महतले तीन नम्बर प्रदेश र सबै प्रदेशका ट्रेड युनियन र भातृ संस्थाहरुलाई कांग्रेसले गरेका राम्रा कामको प्रचार गर्न निर्देशन पनि दिए।

सरकार पूर्ण रुपमा असफल भैसकेको छ, यस्तो असफल सरकारले उठाएका उम्मेदवारहरुले उपनिर्वाचन जिते देश दुर्गति तिर जाने भन्दै उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु पर्नेमा सहमहामन्त्री महतले जोड दिए।

Logo