काठमाडौं ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधिसभा विघटनको मुख्य दोषी सत्तारुढ दल नेकपा नै भएको बताएका छन् । गत पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पछि देशव्यापी विरोध भइरहेका बेला नेता थापाले यस्तो बताएका हुन् ।
नेता थापाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्दै राजनीतिक अपराध गरेको समेत आरोप लगाएका छन् । उनले आफ्नो घरझगडा मिलाउन नसक्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनकारी कार्य गरेको र यो देश र जनताको मर्म विपरित भएको समेत बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटन भएपछि नेपाली कांग्रेसले यसको विरोध गर्दै आएको छ । यसैक्रममा आज देशभर प्रदर्शन गरिरहेको हो । नेता थापाले आज नेपालगंजको विरोध कार्यक्रममा सम्बोधन गरिरहेका छन् । भिडियो :
आज कुन नेता कहाँ ?
आजको विरोध सभामा सभापति शेरबहादुर देउवाले भक्तपुर र प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं–२ मा सम्बोधन गर्ने भएका छन् । यस्तै युवा नेता गगन थापाले नेपालगन्ज र धनराज गुरुङले गोरखामा सम्बोधन गर्ने कार्यक्रम छ । वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ पुगेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहले नयाँबानेश्वरमा सम्बोधन गर्ने बताइएको छ ।































प्रतिक्रिया