पार्टीमा नेतृत्व परिवर्तन जरूरी- प्रदीप पौडेल

पार्टीमा नेतृत्व परिवर्तन जरूरी- प्रदीप पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा नेतृत्व परिवर्तन गर्ने बेला आएको बताएका छन् ।

बुटवलमा शनिबार संचारकर्मीहरुसंग बोल्दै नेता पौडेलले पार्टीले बिचार बदल्न  नेतृत्व परिवर्तन आवश्यक भएको बताएका हुन् ।‘कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न कांग्रेस संगठित हुनु जरूरी छ। कांग्रेस सुध्रनुपर्छ। कांग्रेसले नेतृत्व परिवर्तन गरी जनतामा आशा जगाउनुपर्छ।’ उनले भने।

उनले कांग्रेस सुधार गर्ने हो भने गुट र उपगुट हेर्न नहुने पनि बताए। ‘सरकार सच्याउने हो भने उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्नुपर्छ,’ उनले भने, ‘यो मध्यावधि निर्वाचनजस्तै हो। सरकारको कामको मूल्यांकन गरी हिसावकिताव गर्ने बेला यही हो।’ उनले भने।

सरकारले अदालत, प्रहरी र प्रशासन लगाएर अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।

Skip This
Skip This
Logo