उपनिर्वाचनका लागि आचारसंहिता लागू, के के गर्न पाइन्न ?

उपनिर्वाचनका लागि आचारसंहिता लागू, के के गर्न पाइन्न ?

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो ।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

निर्वाचन आचारसंहितामा निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारीसाधन प्रयोग गर्न दिन नहुने, पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुनेलगायतका प्रावधान रहेको छ। राजनीति दल, उम्मेदवार, आम सञ्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारी आचारजस्ता क्षेत्रलाई सो आचारसंहिताले समेटेको छ।

आचारसंहिता उम्मेदवार, राजनीतिक दल, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्थाहरुलाई पनि लागू हुनेछ ।

Skip This
Skip This
Logo