काठमाडौं,
नेपाली काङ्ग्रेसका नेता एवं पूर्वसङ्घीय सांसद देवेन्द्रराज कँडेलले आफूसँग भारतीय नागरिकता रहेको भन्ने समाचारको खण्डन गर्नुभएको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी उहाँले आफ्नो नाममा हालसम्म भारतको नागरिकता नभएको र भारतको कहीँकतै स्थानीय वा आम निर्वाचनमा मतदाता सूचीमा नाम नरहेकोसमेत स्पष्ट पार्नुभएको छ ।
उहाँले आफ्नो बाल्यकालदेखिको शिक्षा भारतमा भएको र सोही शैक्षिक प्रमाणपत्रको आधारमा नै उहिल्यै नै सवारी चालक अनुमतिपत्र लिएको र उक्त अनुमतिपत्र भने अहिले पनि आफूसँग रहेको बताउनुभयो ।
नेता कँडेलले भन्नुभयो, “मेरो हजुरआमा स्व राधादेवी राणाशासनविरुद्धमा प्रजातन्त्रका लागि लड्दै आउनु भएको र तत्लकालीन समयमा नेपालमा अध्ययन/अध्यापन सम्भव नभएपछि नेपालको सिमानाबाट २०० मिटर टाढा भारतको सिमानामा २००६ सालमा आफ्नो नाममा विद्यालय स्थापना गर्नुभएको हो । उक्त विद्यालयमा स्थापनाकालदेखि नै हाम्रो परिवारबाट व्यवस्थापन समितिको अध्यक्ष निरन्तर रहँदै आएको छ । पारिवारिक संरक्षकको हैसियतमा मेरो हजुरआमा, त्यसपछि मेरो बुबा र हाल म अध्यक्षका रुपमा निरन्तरताको स्वरुप रहँदै आएको छु ।”































प्रतिक्रिया