विप्लव समूहले देखायो सरकारसँग वार्तामा बस्ने संकेत

विप्लव समूहले देखायो सरकारसँग वार्तामा बस्ने संकेत


काठमाडौं,

प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको माओवादीले सरकारसँग वार्तामा बस्ने संकेत गरेको छ । यसअघि सरकारले आफ्नो फासीवादी दमनलाई ढाकछोप गर्न वार्ताको हतियार प्रयोग गरिरहेका सन्दर्भमा षडयन्त्रपूर्ण वार्ता प्रचारलाई भण्डाफोर गर्ने तर इमान्दारीताका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कार्यकर्ताहरुलाई छोडेर निःशर्त आएमा सरकारसँग वार्ताका लागि सकारात्मक रुपले सोच्ने निर्णय गरेको छ ।

विप्लव समूहका नेता लोहनी पक्राउ

यसैविच नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज बिहान चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।

यसअघि उक्त पार्टीका केन्द्रीय सदस्य रहेका लोहनीलाई स्वास्थ्य समस्याको कारण देखाउँदैं जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्ति विप्लवले सोमबार मात्रै जारी गरेका थिए ।

उनलाई केन्द्रीय समितिबाट मात्रै मुक्त गरिएको हो वा पार्टीबाटै त्यो भने विज्ञप्तिमा खुलाइएको छैन । उनी विप्लवका नजिकका विश्वास पात्र मानिन्थे । यस सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी छ ।

Logo