काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग गरेका छन् ।
प्रवक्ता शर्माले सबै समूदायको समान अधिकार स्थापित हुने गरी संविधान संशोधन गर्न आफ्नो पार्टीले सरकारलाई आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले संविधान प्रतिकूल हुने खालका कुनै पनि गतिविधि नगर्न पनि सरकारलाई सचेत गराए ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल आदिवासी जनजातिहरुको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन सत्रमा बोल्दै उनले नेपालको समृद्धिमा योगदान गर्न बाह्य मुलुकमा रहेका सबै समूदायलाई आग्रह गरे ।
उनले नयाँ पुस्तामा नेपालको भाषा र संस्कृतिका बारेमा जानकारी गराउन जनजाति समूदायको ध्यानाकर्षण गराए । सबै समूदायले आफ्ना भेषभुषाको संरक्षण गर्ने काममा लाग्न सकेमात्रै नेपाली पहिचानलाई विश्वमा कायम गराउन सकिने प्रवक्ता शर्माको भनाई छ । प्रवक्ता शर्माले सबै समूदायले आफ्नो पहिचानलाई स्थापित गराउन लागि पर्नुपर्ने बताए ।





























प्रतिक्रिया