आलमलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप

आलमलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप

केन्द्रबिन्दु
0
Shares

रौतहट । १३ जना भन्दा बढीको हत्याको आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलमलाई रौतहट जिल्ला अदालतले अनुसन्धान गर्न ७ दिनको म्याद थपिएको छ।

न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद थप गर्ने अनुमति दिएको हो । प्रहरीले आलमलाई घटना भएको १२ वर्षपछि २६ गते रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै ज्यान गएको थियो । विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेका थिए ।

उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ। प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री समेत रहेका आलम निलम्बनमा परेका छन् ।

हत्या आरोपी आलमलाई रिहा गर्न माग गर्दै कांग्रेसले थाल्यो विरोध प्रदर्शन

Logo