‘महराले राजीनामा दिएको कि कार्यबाहक ?’- कांग्रेस

‘महराले राजीनामा दिएको कि कार्यबाहक ?’- कांग्रेस

केन्द्रबिन्दु
0
Shares

सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाको शैलीलाई लिएर प्रमुख प्रतिपक्षी दल नेेपाली कांग्रेसले विरोध गरेको छ।  पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर कांग्रेसले स्पष्ट भाषामा राजीनामा दिनुपर्ने बताएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महराले अपुरो शैलीले राजीनामा दिएको बताए । राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिएसम्म भनिएको भन्दै शर्माले सोधे, “राजीनामा दिनु भएको हो कि कार्यबाहक हस्तान्तरण गर्नुभएको हो  ?’

उनले महरामाथि लागेको आरोपको गहिरो अनुसन्धान हुनुपर्ने बताए।

संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि सभामुख महराले मंगलबार राजीनामा दिएका थिए।

Logo