काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माइतीघर मण्डलाबाट प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलन शुरु गरेको छ ।
शुक्रबार प्रचण्ड–माधव समुहका शीर्ष नेताहरु अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, विघटित प्रतिनिधी सभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरु लगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटन विरुद्धमा आन्दोलन शुरु गरेका हुन् ।
नेताहरुले ‘प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्डसहित उपस्थित भएका छन् । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।
प्रचण्ड–माधव समूहको बिहिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । शुक्रबार काठमाडौँमा केन्द्रीय सदस्यहरु, विघटित प्रतिनिधि सभाका सांसदहरु लगायतको उपस्थितिमा बिरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । शुक्रबार नै दिउसो २ बजे अध्यक्षद्वय प्रचण्ड र नेपालले पत्रकार सम्मेलन गर्दैछन् ।





























प्रतिक्रिया